पीएसएल खेलेर स्वदेश फर्किए सन्दीप लामिछाने

 फागुन २८, २०७५ मंगलबार १८:४९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तान सुपर लिग सकेर नेपाली युवा बलर सन्दीप लामिछाने स्वदेश फर्किएका छन ।

उनले फ्रेन्चाइज लिगले आफ्नो लिडरसिप क्षमता बढाउनुका साथै आफूलाई धेरै सिक्ने मौका दिएको बताए । यसका साथै उनले पाकिस्तान सुपर लिगमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको पनि बताए ।

नेपाल र यूएईबीचको तीन टी–२० र तीन एक दिवसीय सिरिजका लागि बंगलादेश प्रिमियर लिग बीचमा छाडेर फर्किएका उनी सिरिजपछि अस्ट्रेलियाली लिग बिग ब्याशमा पुनः आवद्ध भए । उनको प्रदर्शनका कारण बिग ब्याशमा  मेलबर्न स्टार्स सेमिफाइनलमा प्रवेश गरेको थियो । फाइनलमा पुग्दा उनी विकेटविहीन बने पनि फाइनलमा पनि चल्न भने सकेनन् ।

फलस्वरुप मेलवर्न स्टार्स उपविजेता बन्दै प्रतियोगिता टुंग्यायो । बिग ब्याशमा समग्रमा उनले ११ विकेट लिए । बिग ब्याशपछि पाकिस्तान सुपर लिग पीएसएल खेल्न अस्ट्रेलियाबाट यूएई पुगेका थिए । लाहोर कलन्दर्सबाट पीएसएल खेलेका सन्दीपले बीग ब्याशकै कारण सुरुका तीन खेल गुमाएका थिए ।

समग्रमा ७ खेलमा सहभागिता जनाएका सन्दीपले ११ विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा लगातार दुई खेलमा भने उनी विकेटविहीन बनेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया