भारतीय कांग्रेसमा प्रवेश गरे गुजरातका पाटीदार नेता हार्दिक पटेल

 फागुन २८, २०७५ मंगलबार १९:४८:१५ | एजेन्सी
unn.prixa.net

गुजरातका पाटीदार नेता हार्दिक पटेल मंगलबार भारतीय कांग्रेसमा प्रवेश गरे । कांग्रेस अध्यक्ष राहुल गान्धी आफैले उनलाई पार्टीमा स्वागत गरेका थिए । कांग्रेसमा सहभागी भएपछि उनी भारतको जामनगर लोकसभा सिटबाट चुनाव लड्न सक्ने अनुमान गरिएको छ ।

तर अहिलेसम्म कुनै पनि स्पष्ट आधिकारिक निर्णय भने गरिएको छैन ।  लोकसभा चुनावको दिन घोषणा गरेदेखि नै हार्दिक  पटेल कुनै पनि दिन कांग्रेसमा प्रवेश गर्नेछन् भन्ने गाइगुइँ सुनिन थालेको थियो ।

राजनीतिक विश्लेषकहरुले पटेलले कांग्रेस प्रवेश गरेपछि गुजरातका आरक्षित पाटीदारी समुदाय रहेको ठाउँमा फाइदा हुने बताएका छन् ।

२५ वर्षीय हार्दिक पटेलले केही दिन पहिले एक टिभी कार्यक्रममा भनेका थिए, ‘जबसम्म उनीसँग जनताका समस्याहरुको समाधान हुँदैन तबसम्म राजनीतिमा जानुको कुनै मतलब हुनेछैन ।’ उनले पुरै देशको भ्रमण गरेर जनताको सरकारको गलत नीतिको विरोध गर्ने बताएका थिए । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया