साल्केको पोस्टमा म्यानचेस्टर सिटीको ७ गोल

 फागुन २९, २०७५ बुधबार ७:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जर्मनीको साल्केलाई ७–० गोल अन्तरले पराजित गरेको छ । जसका कारण उसले समग्रमा १०–२ गोलको जित निकाल्दै च्याम्पियन्स लिगमा अन्तिम ८ को यात्रा तय गरेको छ ।

पहिलो लेगमा सिटीले ३–२ को जित निकालेको थियो । मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीका लागि सर्जियो अग्युरोले २ गोल गर्दा साने, स्ट्रलिङ, बेर्नान्ड सिल्भा, फोडेन र गाब्रियल जिससले एक–एक गोल गरे ।

अग्युरोले ३५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । लगत्तै तीन मिनेटपछि अग्युरोले व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसपछि सानेले ४२ औँ मिनेटमा, स्ट्रर्लिङले ५६ औँ मिनेटमा, सिल्भाले ७१ औँ मिनेटमा, फोडिनले ७८ औँ मिनेटमा र जिससले ८४ औँ मिनेटमा गोल गरेका थिए । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया