जीमेलमा समस्या

 फागुन २९, २०७५ बुधबार ९:५८:२९ | एजेन्सी
unn.prixa.net

बुधबार बिहानैदेखि जीमेलमा संसारभर नै समस्या देखिएको छ । संसारभरीका जीमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी गराइरहेका छन् । 

प्रयोगकर्ताको जीमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ । केहीबेर खुले पनि राम्रोसँग नखुल्ने, इमेल पठाउन र प्राप्त भएका इमेल हेर्न नमिल्ने समस्या देखिएकाे छ ।

जीमेलमा प्राप्त भएका मेसेज डाउनलोड एवं फरवार्ड केही गर्न नमिलेकाे प्रयाेगकर्ताकाे गुनासाे छ । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया