कुनै पनि पक्षलाई युद्धमा जाने बाध्यात्मक अवस्था राज्यले बनाउनु हुँदैन : नेकपा नेता पाैडेल

 फागुन २९, २०७५ बुधबार १३:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई नियन्त्रण गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

नेता पौडेलले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निषेध गरेर नभइ वार्तामार्फत् शान्तिपूर्ण ढंगले यस समस्याको समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

‘शान्तिपूर्ण ढंगबाटै याे समस्यालाई पनि सरकारले समाधान गर्नुपर्छ', नेता पौडेलले बुधबार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘धकेल्ने, निषेध गर्ने वा जबरजस्ती गरेर कुनै पनि पक्षलाई युद्धमा जाने बाध्यात्मक अवस्था राज्यले बनाउनु हुँदैन । ’

उहाँले चन्द नेतृत्वको पार्टीलाई जबरजस्ती गर्न खोजे देशको विकास निर्माणको कामलाई गम्भीर असर पर्नेतर्फ पनि सरकारलाई सचेत गराउनु यो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चन्द नेतृत्वको नेकपाको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने गरेको थियो । याे निर्णयप्रति नेता पौडेलको असन्तुष्टि छ ।

नेता पौडेलले सिके राउत समूहले विगतका आफ्ना गतिविधि कायमै राखे ऊसँग गरिएको सहमतिबारे पनि सरकारले पुनर्विचार गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारलाई जनताको अपेक्षा अनुसारको कामलाई तिखारेर तीव्र गतिका साथ अघि बढाउन पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया