बालिका बलात्कारकाे आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

 फागुन २९, २०७५ बुधबार १६:४०:५३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – बालिका बलात्कार गरेकोे आरोपमा एक जना पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका ५६ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।  

राईले गएकाे २४ गते छिनामखुकी १० वर्षीया बालिकालाई बलात्कार गरेकाे पीडित परिवारले उजुरी दिएकाे थियो । राईलाई पीडित बालिकाको परिवारले दिएकोे उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ ।

राईलाई जिल्ला अदालत भोजपुरबाट म्याद थपेर अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया