कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
सप्तरी – सप्तरीमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कुशहामा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
यही क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका वडा नम्बर ५ का मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवारको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि सिरहाको लहानमा रहेकाे उमा स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । यसैबीच दुर्घटनापछि केहीबेर राजमार्गमा यातायात सञ्चालन रोकिएकोे थियो ।
त्यसैगरी सप्तरीकै खडक नगरपालिका-५, स्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.१ ज.६६६७ को भ्यानको ढोका अचनाक खोलिँदा गाडीमा सवार एक जनाको ढोकाबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा न. ११ बस्ने ३५ वर्षिया कल्पना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चौधरीको टाउको र नाकमा चोट लागी गम्भीर घाइते भएको र उपचारको लागि न्यूरो अस्पताल विराटनगर लैजाँदै गर्दा बीच बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।