महोत्तरीका मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
बैशाख १३, २०८१ बिहिबार
खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सालघारी सामुदायिक वनमा डढेलो सुरु भएको छ ।
सामुदायिक वनमा बुधबार दिउँसोदेखि भिषण डढेलो सुरु भएको हो । हावा हुरी चलेको समयमा वनमा डढेलो सुरु भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले बताउनुभयो ।
जंगल विनाश भए पनि मानव बस्ती जोखिममा नपरेको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो नियन्त्रणमा लागि प्रहरी चौकी जालपाबाट प्रहरीसमेत खटिएका छन् ।