सडकमा गाडीको ओहोरदोहोर सामान्य

 फागुन ३०, २०७५ बिहिबार ७:३८:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गाडीको ओहोरदोहोर सामान्य छ । अघिल्लो दिनको तुलनामा गाडी कम चले पनि कतै अवरोध भने नरहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौको चक्रपथमा हिजोजस्तै सार्वजनिक गाडी चलिरहेका छन् । भित्री ठाउँमा भने हिजोको तुलनामा गाडी कम चलेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको चर्चासँगै धेरैजसो निजी विद्यालय आज बन्द गरिएका छन् । निजी विद्यालय सञ्चालन नभएकाले पनि गाडीको ओहोरदोहोर कम देखिएको प्रहरीको भनाई छ ।

प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्वाध रुपमा गाडी चलाउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया