मकवानपुरमा ट्रकमा आगजनी

 फागुन ३०, २०७५ बिहिबार ९:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – उत्तरी मकवानपुरको त्रिभुवनराजपथ अन्तर्गत थाहा नगरपालिका –४ नयाँगाउँमा नचिनेको समूहले ट्रकमा आगजनी गरेका छन् । 

काठमाण्डौबाट हेटौँडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ट्रकम रहेको चालकसहित ३ जनालाई ट्रकबाट आरालेर उनीहरुले आगो लगाएका हुन् । ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

विप्लव नेतृत्वको माओवादीले नेपाल बन्द गरेका कारण विप्लब समूहले नै आगजनी गरेको आशंका गरिएको छ । यस्तै, हेटौँडाको १९ बस्तीपुरमा ट्रकमा ढुङ्गा प्रहार भएको छ । चितवनबाट हेटौँडा आउदै गरेको ना ६ ख ७३६९ डिब्बावाला ट्रककमा ढुंगा प्रहार हुँदा चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया