मेलामा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते

 फागुन ३०, २०७५ बिहिबार ९:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – कञ्चनवनमा लागेको मिथिला माध्यमिकी परिक्रमा मेलामा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा मेलामा बेलुन बेच्दै आएका औरही नगरपालिका २ का ४० वर्षीय रामकरण कापर र छेउमा बसेका गौशाला नगरपालिका १० का ६० वर्षीय अमरुद्दिन लहेडी रहेका छन् ।

घाइते दुवैजनाको उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय सितापुर भंगहाले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया