विप्लव नेतृत्वकोे नेकपाले गर्‍यो विवाहको गाडीमा आगजनी

 फागुन ३०, २०७५ बिहिबार १२:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – कैलालीको मसुरियामा विप्लव नेतृत्वको नेकपाले विवाहको गाडीमा आगजनी गरेका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट बस पूर्ण रूपमा क्षति भएको छ । 

घोडाघोडी नगरपालिकाको साडेपानीका पनि विप्लव समूहले ट्रकमाथि तोडफोड गरेका छन् । हेटौँडाबाट धनगढीको लागि छुटेको ना ७ ख ५४० नम्बरको माल बाहक ट्रक माथि राति ३ बजे तोडफोड गरिएको जनाइएको छ ।

यसैगरी बिहीबार बिहान पहाडी जिल्लाबाट धनगढीतर्फ आइरहेको सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले गोदावरी नजिकबाट तीनजना नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले गाडीलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पठाइरहेको बताउनुभयो । तर धनगढीबाट चल्ने सार्वजनिक यातायात पूर्ण रुपमा बन्द भएका छन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया