प्रेमिका नताशा दलालका साथ विवाह गर्दैछन् अभिनेता वरुण धवन

 फागुन ३०, २०७५ बिहिबार १२:४१:१८ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालका साथ यसै वर्षको अन्त्यमा विवाह गर्ने भएका छन् । यतिबेला अभिनेता वरुण धवन फिल्म ‘कलंक’ का कारण व्यस्त छन । यही अप्रिल १७ मा फिल्म ‘कलंक’ रिलिज भएपछाडि वरुण धवन विवाहको तयारीमा लाग्ने बताइएको छ । 

वरुण धवन र नताशा दलालले आफ्नो विवाहका लागि स्थान पनि तय गरिसकेका छन् । वरुण र नताशा अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले जस्तै गरी डेस्टिनेशन वेडिङ गर्न खोजिरहेका छन् । वरुण र नताशाले विवाहका लागि समुन्द्रले घेरिएको सुन्दर देश माल्दिभ्सलाई रोजेका छन् । 

अभिनेता वरुण धवन उनकी प्रेमिका नताशा दलाललाई लामो समयदेखि डेट गरिरहेका छन् । अधिकांश समय नताशा र वरुण एकसाथ समय बिताइरहेका तस्बिरहरु मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् ।  यी दुवैका परिवारले पनि यस सम्बन्धलाई स्वीकार गरिसकेका छन् । 

तर नताशा र वरुणको डेस्टिनेशन वेडिङको योजना भने वरुणको परिवारलाई चित्त बुझेको छैन । वरुण धवनका पिता तथा निर्देशक डेविड धवन छोराको विवाह भारतमै गर्ने सोचमा छन् । यसै कारण वरुण धवन र नताशा दलालको विवाको स्थान भने अहिले टुंगो लागिसकेको छैन । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया