फर्मुला वनका निर्देशक चार्ली ह्वाइटिङको निधन

 फागुन ३०, २०७५ बिहिबार १२:४०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फर्मुला वन प्रतियोगिताका निर्देशक चार्ली ह्वाइटिङको ६६ वर्षको उमेरमा निधन भएको छ । खेलकुद क्षेत्रमा यो दशककै प्रभावित ब्यक्तित्व मानिने चार्लीको निधन अष्ट्रेलियाको मेलबर्नमा भएको हो ।

यही साता अष्ट्रेलियन ग्रापीको उद्घाटन गर्ने तयारीमा रहेका उनको फोक्सोको समस्याका कारण पछिल्लो पटक पूर्ण रुपमा स्वस्थ थिएनन् । एफआईएका अध्यक्ष जीन टोटले चार्ली फर्मुला वनका लागि एउटा आदर्श ब्यक्ति रहेको बताएका छन् ।

सन् १९९८ मा टेक्निकल डाइरेक्टरका रुपमा एफ वनमा प्रवेश गरेका उनी त्यसपछि चिफ मेकानिक, चिफ इञ्जिनियर हुँदै प्रतियोगिताका प्रमुख बनेका थिए । चार्लीको निधनपछि उनको स्थानमा कसले जिम्मेवारी सम्हाल्ने भन्ने बारे निर्णय गर्न बाँकी रहेको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया