सुपरस्टार बन्न सारा अली खानले अपनाइन् यस्तो तरिका: बलिउडका धेरै निर्माता, कलाकार भए रुष्ट

 फागुन ३०, २०७५ बिहिबार १६:७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

२०१९ को सुरुवातमै २०० करोड कमाउँदै वर्षकै पहिलो सुपरहिट बन्न सफल फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ का अभिनेता विक्की कौशल अहिले बलिउडका चर्चित अभिनेता मध्येका एक हुन् । 

विक्की कौशल बलिउडका स्टार बनिसकेका छन् । विक्की कौशलको यही स्टारडम बलिउडमा आफ्नो करियर स्थापित गर्न खोजिरहेकी अभिनेत्री सारा अली खानको निशानामा परेको छ । सारा अली खानको पिआर टिम (जनसम्पर्क टोली ) ले केही समयअघि अभिनेता टाइगर श्रफको फिल्म ‘बागी ३’ को अफर अस्विकार गरेको अफवाह फैलाएका थिए ।

अहिले उनको पिआर टिमले विक्की कौशलको फिल्म ‘उधम सिंह’ लाई निशाना बनाएको छ । 

सारा अली खानको पिआर टिमले सारा अली खानले विक्की कौशलको अब आउने फिल्म ‘उधम सिंह’ को अफरलाई अस्वीकार गरिदिएको अफवाह फैलाएको छ । 
त्यसपछि भारतीय केही अनलाइन पोर्टलले साराले विक्की कौशलको फिल्म छोडेको खबर प्रश्नवाचक चिन्ह सहित प्रकाशित गरेका थिए । 

यतिबेला फिल्म ‘उधम सिंह’ को निर्माण टिमले ‘सञ्जु’, ‘राजी’ र उरी’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका विक्की कौशलसँग काम गर्न अस्विकार गरेको अफवाह फैलाउनु विक्की कौशलको बलिउड फिल्म उद्योगमा रहेको ब्राण्ड भ्याल्यूसँग खेलवाड गर्नु जत्तिकै रहेको बताएको छ । 

सारा अली खानले आखिर विक्की कौशलका साथ काम गर्न किन अस्वीकार गरिन त भन्ने विषयमा फिल्म निर्माता रोनी लाहिरीले भनेका छन्, ‘अहिलेसम्म यस फिल्मका लागि अभिनेता विक्की कौशल मात्रै फाइनल भएका छन् । फिल्मको स्क्रिप्ट तयार भइसकेको छ । अहिले यस फिल्को लोकेशनमा काम भइरहेको छ । फिल्मको लोकेशन तय भएपछि मात्रै फिल्मको बाँकी कास्टिङमा काम हुनेछ । त्यसैले अहिले नै यस किसिमका अफवाह फैलाउनु ठिक होइन । किनकि हामीले अहिले अन्य कोही पनि कलाकारसँग कुरा गरेका छैनौं ।’

इण्डियन फिल्म एण्ड टेलिभिजन प्रोड्यूसर्स काउन्सिलका अध्यक्ष साजिद नाडियाडवाला पनि उनको फिल्म ‘बागी ३’ को विषयमा सारा अली खानको पिआर टिमले फैलाएको अफवाहले हैरान छन् । 

सारा अली खानको पिआर टिमले इम्तियाज अलीको अब आउने फिल्मको विषयमा पनि साराको पारिश्रमिक बढाउने उद्देश्यले अफवाह फैलाएको थियो । यस विषयमा बलिउड फिल्म निर्माताहरुको संस्थाले बैठक बसेर छलफल गर्ने निर्णय गरेको बताइएको छ । 

फिल्म ‘केदारनाथ’ र ‘सिम्बा’ मार्फत बलिउडमा चर्चा कमाउन सफल सारा अली खानले करियरको सुरुवातमै अगाडि बढ्नकै लागि अपनाएको सस्तो प्रचार प्रसारको शैली उनकै करियरको लागि घातक बन्न सक्ने चर्चा यतिबेला भइरहेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया