कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
कञ्चनपुर – निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी बिहीबार धरौटीमा रिहा भएका छन् ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनचेक बहसपछि बिहीबार ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश गर्नुभएको हो ।
गएको पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले ८ जना प्रहरीविरुद्ध सार्वजनिक कसुरअन्तर्गत र दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले यातनाविरुद्धको कसुरमा चार जना प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिनुभएको थियो ।
अदालतका अनुसार सार्वजनिक न्या विरुद्धको कसुरमा तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का र जगदीशप्रसाद भट्टलाई चार/चार लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
यसैगरी, त्यसै मुद्दाका प्रतिवादीहरु तत्कालीन प्रहरी नायव निरीक्षक हरिसिंह धामीलाई तीन लाख ५० हजार, प्रहरी नायव निरीक्षक रामसिंह धामीलाई तीन लाख र प्रहरी जवान चादँनी साउँदलाई २ लाख ५० हजार रुपैयाँमा धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत कञ्चनपुरका डिठ्ठा रुद्रप्रसाद बोगटीले बताउनुभयो ।
उहाँले बिहीबार बेलुकी ५ बजेसम्म धरौटी बुझाउन नसक्ने प्रतिवादीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिने बताउनुभयो ।
उता, यातनाविरुद्धको कसुरमा मुद्दामा समेत अदालतले प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई पाँच÷पाँच लाख धरौटीमा रिहाको आदेश दिएको छ ।
बोगटीका अनुसार दुबै मुद्दाका प्रतिवादी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरीक्षक अंगुर जिसी फरार रहेका छन् ।
फरार रहेका विष्ट र जिसीलाई पक्राउ गर्नका लागि ३५ दिने सूचना जारी गरिएको अदालतले जनाएको छ ।
साथीको घरमा गृहकार्य गरेर घर फर्किने क्रममा भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन ११ गते बिहा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।