कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
इलाम – क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ गोलले हराउँदै दाउफिन्स सेमिफाइनलमा प्रवेश गरेको हो ।
सुरुवातदेखि नै एपीएफविरुद्ध दबाब कायम गर्न सफल दाउफिन्सले खेलको १४ औँ मिनेटमा नै अग्रता लिएको थियो । दाउफिन्सका मिसिकेले हेडमार्फत पहिलो गोल गरेका थिए । २० औँ मिनेटमा मिसिकेको क्रस पासलाई सदुपयोग गर्दै दाउफिन्सका पेटङ्गाले टिमका लागि दोश्रो गोल गरे । एपीएफले भने ३६ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । एपीएफका हरि कार्कीले गोल गरेका थिए ।
दाउफिन्सले ६२ औं मिनेटमा गोल गरी पुनः अग्रता बढायो । कर्नरको अवसरलाई सदुपयोग गर्दै दाउफिन्सका पेटङ्गाले हेडमार्फत गोल गरी टिमलाई जित दिलाएका थिए । दाउफिन्सका पेटेङगा म्यान अफ् द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
शुक्रबार अन्तिम क्वार्टरफाइनलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी र मेची नेत्रालय झापा आमनेसामने हुँदैछन् ।
माई भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।