एनआईसी एसिया बैंककाे शाखा सिरहाकाे गाेलबजारमा पनि खुल्याे

 फागुन ३०, २०७५ बिहिबार २०:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा - एनआईसी एसिया बैंकले सिरहाको गाेलबजारमा सञ्चालनमा ल्याएको गाेलबजार शाखाको गाेलबजार नगर प्रमुख देवनाथ साहले बिहीबार उद्घाटन गर्नुभयो ।

 शाखाको उद्घाटन गर्दै नगर प्रमुख साहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गर्नुभयो।

देशभरमा यस बैंकका २७७ शाखा कार्यालय, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर तथा २३ वटा शाखारहित बैंकिङ्ग इकाई रहेको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकको दावी छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया