पाँच लाखभन्दा बढीको शेयर कारोबार गर्नेलाई प्यान अनिवार्य

 चैत १, २०७५ शुक्रबार ७:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँच लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गर्ने लगानीकर्ता अब अनिवार्य रुपमा प्यानको दायरामा आउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख १ गतेदेखि प्यानको दायरामा आउनुपर्ने जानकारी गराएको हो । 

पाँच लाखभन्दा कमको कारोबार गर्नेहरुले पनि ऐच्छिक रुपमा प्यानमा आवद्ध हुन सक्ने बोर्डले जनाएको छ । 

सरकारको बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजारमार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्थाअनुसार आउँदो वैशाख १ गतेदेखि दोश्रो बजारमार्फत् शेयर खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको थियो ।

लगानीकर्ता तथा सम्बन्धित पक्षहरुसँग गरिएको छलफलको सुझाव तथा उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयअनुसार बोर्डले यस्तो जानकारी गराएको हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया