न्यूजिल्याण्डको इतिहासकै कालो दिन : दुइटा मस्जिदमा भएको गोलीकाण्डमा ४० जनाको मृत्यु

 चैत १, २०७५ शुक्रबार १३:११:४३ | एजेन्सी
unn.prixa.net

न्यूजिल्याण्डको क्राइस्ट चर्चमा रहेका दुईवटा मस्जिदमा गोली हानाहान हुँदा ४० जनाको ज्यान गएको गार्जियनले बताएको छ । 

अल नूर मस्जिदमा भएको आक्रमणमा परि ३० जना र लिनउड मस्जिदमा भएको आक्रमणमा परि १० जनाको ज्यान गएको सञ्चार माध्यमले जनाएका छन् ।  न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले आक्रमणमा परि ४० जनाको ज्यान गएको र २० जना घाइते भएको पुष्टि गरेकी छिन् । न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले घटना न्यूजिल्याण्डको इतिहासकै सबैभन्दा कालो दिन भएको बताएकी छिन् ।
 
घाइतेको अस्पताल लैजाने काम चलिरहेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित चारजनालाई पक्राउ गरेको छ । क्राइस्टचर्चमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । यो क्षेत्रमा विद्यालय र अस्पलात बन्द गरिएको छ ।

न्यूजिल्याण्डमा भएको यो आक्रमणको विश्वभरिबाट निन्दा गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाको आलोचना गर्दैै आतंकवादको कुनै धर्म नहुने बताएका छन् । त्यस्तै टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले घटनाको निन्दा गर्दै शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

घटनास्थल नजिकै रहेको बंगलादेशको राष्ट्रिय क्रिकेट टिम मुश्किलले जोगिएको छ । तेश्रो तथा अन्तिम टेस्ट खेल्न राति क्राइस्टचर्चको हेग्ली क्रिकेट मैदान जाने क्रममा बंगलादेशी क्रिकेट खेलाडी चढेको गाडी मस्जिद नजिकै पुग्दा गोलीकाण्ड भएको थियो । गोली चलेलगत्तै खेलाडी बसबाट झरेर भागेकाले कुनै क्षति नभएको बंगलादेशको क्रिकेट बोर्ड बीसीबीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया