आलिया भट्टकाे आज जन्मदिन: २६ लागेकी आलियाकाे कस्ताे रह्याे अहिलेसम्मकाे प्रेम प्रसंग?

 चैत १, २०७५ शुक्रबार १५:५५:२२ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेत्री आलिया भट्ट उनको २६औं जन्मदिन मनाइरहेकी छिन् । उनको व्यक्तिगत जीवनको कुरा गर्नुपर्दा आलिया भट्ट यतिबेला अभिनेता रणबीर कपूरलाई डेट गरिरहेकी छिन् ।

मिडियामा आएका खबरहरुका अनुसार यो जोडीले छिट्टै नै विवाह गर्नसक्ने बताइएको छ । रणबीर कपूर भन्दा अगाडि आलिया भट्टको कयौं सम्बन्धहरु रहेका थिए । आलिया भट्टको जन्मदिनमा हामी उनका पाँच प्रेम सम्बन्धबारे चर्चा गर्दैछौँ ।

खबरहरुका अनुसार आलिया भट्टको पहिलो प्रेमी उनकै क्लासमेट थिए । आलियाकै क्लासमा पढ्ने रमेश दुबे नामका युवक आलियाको पहिलो प्रेमी थिए । एउटै क्लासमा पढ्ने भएका कारण यी दुवै एकअर्काको नजिक भएका थिए । दुवैले ६ कक्षासम्म एउटै स्केलमा पढेका थिए । 

त्यसपछि उनी अली दरारकर नामका युवकको प्रेममा परिन् । फिल्ममा डेब्यू गर्नु अगाडि आलिया र अली एकअर्कालाई डेट गरिरहेका थिए । दुवैको सम्बन्ध लामो समयसम्म चलेकोे थियो । अझै पनि उनीहरुका तस्बिरहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ । अली दुबईमा बसोबास गर्छन् ।  अभिनेता वरुण धवनले ‘कफी विद् करण’मा आलियाले दुबईमा बस्ने अली नामका यूवकलाई डेट गरिरहेको कुरा बताएका थिए । 

आलिया भट्टले भारतीय व्यापारी कविन मित्तललाई डेट गरेको खबर पनि आएका थिए । आलिया र कविनको भेट एक सेमिनारमा भएको थियो । त्यसपछि यी दुवैजना साथी भएका थिए र एकअर्कालाई डेट गर्न पनि सुरु गरेका थिए । तर यिनीहरुको सम्बन्ध लामो समयसम्म टिक्न सकेन । कविन मित्तल भारतका स्थापित व्यापारी सुनील मित्तलका छोरा हुन् । 

अभिनेता सिद्धार्थ मल्होत्राका साथ भने आलिया भट्टको प्रेम सम्बन्ध लामो समयसम्म चलेको थियो । यी दुवैले फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत बलिउड डेब्यू गरेका थिए । त्यस समयदेखिनै दुवैले एकअर्कालाई डेट गर्न सुरु गरेका थिए । तर पछि भने कुनै कारणवस आलिया र सिद्धार्थबीचको सम्बन्ध अगाडि बढ्न सकेन । 

यतिबेला भने आलिया भट्ट अभिनेता रणबीर कपूरलाई डेट गरिरहेकी छिन् । बलिउड फिल्म उद्योग र भारतीय मिडियामा यि दुवैको चर्चा हुने गर्छ । आलिया र रणबीरका एकसाथमा लिइएका नयाँ तस्विरहरु सामाजिक सञ्जालमा भाइरल हुने गर्छन् ।

यो जोडी फिल्म ‘ब्रम्हास्त्र’ मा एकसाथ जोडीको रुपमा देखिनेछ । फिल्म ‘ब्रम्हास्त्र’ यसै वर्षको डिसेम्बर २० मा रिलिज हुनेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया