वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली जेलमा

 चैत १, २०७५ शुक्रबार १७:१२:५८ | उज्यालो सहकर्मी

काठमाण्डौं – वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली विभिन्न देशका जेलमा रहेका छन् । ८ वटा देशका जेलमा ५ सय ४५ जना नेपाली जेलमा रहेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको हो । 

बोर्डका अनुसार कुवेत, साउदी अरबको जेद्दा र रियाद, यूएई, मलेसिया, ओमन, कतार र बहराइनका जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला छन् । सबैभन्दा धेरै मलेसियाको जेलमा २ सय ५ जना नेपाली छन् । यसमध्ये २ जना महिला छन भने २ सय ३ जना पुरुष छन् । 

सबैभन्दा कम ओमनमा जेल पर्ने नेपालीको सङ्ख्या ३ छ । जसमा २ जना महिला छन् भने एक जना पुरुष छन् । बोर्डका अनुसार सबैभन्दा धेरै मलेसियामा २ सय ५ जना नेपाली जेलमा छन् । यस्तै यूएईमा १ सय ८५,  कुवेतमा ५८ जना जेल परेका छन् । साउदी अरवमा ५४ जना, कतार ३५ जना, बहराइन ५ जना र ओमान ३ जना नेपाली जेलमा छन् । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया