डोटीमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

 चैत १, २०७५ शुक्रबार १७:२५:१३ | विमल बिष्ट

डोटी – डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका वडा नम्बर–१, छपालीमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । 

छपालीका स्थानीय धनबहादुर नेपालीले दिनुभएको जानकारीअनुसार घर नजिकैको कालीबामनी भन्ने भिरमा घाँस काट्न गएको बेलामा २० वर्षीया रमा रोकायाको भिरबाट लडेर ज्यान गएको हो ।

मृतक रोकायाको गएको फागुन ६ गते छपालीकै डिलबहादुर रोकायासँग विवाह भएको थियो । यो वर्ष मात्रै सायल गाउँपालिकामा घाँस काट्ने क्रममा तीन जना महिलाको ज्यान गएको छ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया