कहिल्यै कानुनविपरीत काम नगरेकाे भन्दै १०४ वर्षीया वृद्धाले व्यक्त गरिन् जेल जाने चाहना

 चैत १, २०७५ शुक्रबार १८:२७:४७ | एजेन्सी
unn.prixa.net

मान्छेका इच्छा पनि थरिथरिका हुन्छन् । १०४ वर्षकी एन ब्रोकनब्रो नाम गरेकी एक बेलायती वृद्ध महिलाले आफू जेल बस्न चाहेको इच्छा व्यक्त गरिन् । उनले आफूले अहिलेसम्म कानुनकाे उलङ्घन नगरेको भन्दै यसको अनुभव कस्तो हुन्छ भनेर जान्न चाहेको बताइन् ।

प्रहरी पनि ती वृद्धाको यो चाहनासँग सहमत भएका छन् । प्रहरीले एन ब्रोकनब्रोलाई अर्को हप्ता पक्राउ गर्ने बताएका छन् । त्यसपछि उनलाई कारागारमा राखिनेछ । त्यो उनको जीवनकै पहिलो अनुभव हुनेछ ।

ब्रोकनब्रो आफू अवकाश पाउनुभन्दा अगाडि एक कम्पनीमा सेक्रेटरीकाे काम गर्थिन् । एउटा संस्थाले आयोजना गरेको च्यारिटीमा वृद्धहरुलाई आफ्नो जीवनको आखिरी इच्छा के हो भनेर भर्न लगाइएको थियो । त्यसमा उनले आफू जेल बस्न चाहेको इच्छा व्यक्त गरेकी थिइन् ।

इच्छा लेखिएको कागजको स्लिप नजिकैको कोअपरेटिभ स्टोर नजिकै कपडा झुण्ड्याउने डोरीमा लगेर झण्डाइदिएका थिए ।  त्यहाँको खरिदारले उनको यो इच्छालाई देखेर पूरा गर्नमा कसैले सहयोग गरिदेला भनेर उनीहरुले यस्तो गरेका थिए ।

उनलेआफूले लेखेको इच्छापत्र पढ्दै भनिन्, ‘मलाई पक्राउ गरियोस् भन्ने मेरो चाहना हो । मेरो उमेर १०४ वर्ष भइसक्यो तर पनि म कहिल्यै कानुनको विपरीत गएकी छैन ।’ स्टोक बिसोपका स्थानीय प्रहरीले ब्रोकनब्रोको यस्तो चाहना पूरा गर्न पाउँदा आफूहरु खुशी भएको बताएका छन् ।

विसिङ वासिङ लाइन प्रोजेक्ट हरेक वर्षको मार्च १ मा  ब्रिस्टोलमा आयोजना हुने गर्छ । यसमा वृद्धवृद्धाहरुले आफ्नाे इच्छा व्यक्त गर्दछन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया