पहाडको तुलनामा तराईको तापक्रम ह्वात्तै बढ्यो

 चैत २, २०७५ शनिबार ७:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  पहाडको तुलनामा तराईको तापक्रम ह्वात्तै बढेको छ । 

पहाडको तुलनामा तराईको तापक्रम एक हप्तामा झण्डै ५ डिग्री सेल्सियसले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार एक हप्ताअघि २९ दशमलब ४ डिग्री सेल्सियस मापन गरिएको जनकपुरको अधिकतम तापक्रम हिजो ३४ दशमलब ४ डिग्री सेल्सियस पुगेको छ । यस्तै धरान, विराटनगर, धनगढी, सिमरा, नेपालगन्ज, भैरहवा लगायतका क्षेत्रको तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै मापन गरिएको छ । 

हिमाली जिल्ला जोमसोमको अधिकतम तापक्रम सबैभन्दा कम १५ दशमलब ७ डिग्री सेल्सियस पुगेको छ । यस्तै पहाडमा पनि अधिकतम तापक्रम बढेको छ । तर पहाडको तुलनामा तराईको तापक्रम एक हप्तामा झण्डै ५ डिग्री सेल्सियसले बढेको हो । आज भने तराई क्षेत्रको तापक्रम थोरै घट्ने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार आज विराटनगरको अधिकतम तापक्रम ३० दशमलब १ डिग्रीमा झर्नेछ । हिजो विराटनगरको तापक्रम ३३ दशमलब ६ डिग्री सेल्सियस मापन गरिएको थियो । 

आज देशभरिकै पहाडी भूभागको मौसमान आशिंक बदली भएप नि अरु ठाउँको मौसम भने सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । तर पश्चिमी वायुको प्रभावले राित भने पश्चिमी क्षेत्रको मौसम बदली भई मध्य र पश्चिमको एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०७५

तपाईको प्रतिक्रिया