प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

 चैत २, २०७५ शनिबार ७:५१:३३ | उज्यालो सहकर्मी

काठमाण्डौ – प्रहरीलाई घुस दिन खोज्ने दुई जना काठमाण्डौको गोठाटारबाट पक्राउ परेका छन् । 

चेक गर्ने क्रममा ५ सय रुपैयाँ घुस दिँदै गर्दा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारबाट पक्राउ परेका हुन् ।

बिनाकागजपत्र बा४५प ९६३३ नम्बरको मोटरसाइकल चलाएका ओखलढुङगाका अर्जुन बुढाथोकी र मोटरसाइकल पछाडी बसेका भेषबहादुर थापालाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया