प्रधानमन्त्री ओलीद्वारा न्यूजिल्याण्डको मस्जिदमा भएका आक्रमणको कडा निन्दा

 चैत २, २०७५ शनिबार ९:३२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा शुक्रबार भएको आक्रमणको कडा निन्दा गर्दै दुःख व्यक्त गर्नु भएको छ । 

न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गर्नु भएको हो । साथै उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले यस्तो जघन्य अपराधको कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले आतंकवादलाई परास्त गर्न पुरै विश्व एक भएर लाग्नु पर्ने पनि बताउनु भएको छ । 

शुक्रबार न्यूजिल्याण्डकाे क्राइस्ट चर्चमा भएकाे छुट्टा छुट्टै गाेलीकाण्डमा ४९ जनाकाे ज्यान गएकाे थियाे ।


 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया