प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – तेम्बा शेर्पा र दीपा लामाको स्वरमा ‘च्याङ्ग्बा तँलाई मेरो माया लाउँछ भने त’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
दीपक शर्माको शब्दमा रहेको गीतको भिडियो युवराज वाइवाको निर्देशनमा बनेको छ । भिडियोमा विदेशमा कामका लागि गएका युवालाई उनकी प्रेमिकाले बोलाएको तर आउन नसक्ने भन्दै पीडा पोख्दैछन् ।
भिडियोमा निराजन प्रधान र निरन्जली लामाको अभिनय छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने विकाश दाहालले सम्पादन र मनिता गहतराजले कोरियोग्राफी गरेका छन् ।