भूकम्पपीडितलाई बाँड्नुपर्ने त्रिपाल भन्सारमा

 चैत २, २०७५ शनिबार १४:४६:१० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - भूकम्प पीडितलाई सहयोगका लागि एक गैरसरकारी संस्थाले भारतबाट ल्याएको त्रिपाल लामो समयदेखि भन्सार कार्यालयको गोदाममा थन्किएको छ ।

करिब तीन वर्षसम्म भन्सारको गोदाममा थन्किएका त्रिपालमध्ये कतिपय प्रयोग नै गर्न नमिल्ने अवस्थामा पुगेका छन् । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भूकम्प पीडितलाई राहत वितरणका लागि ल्याउने सामानको भन्सार छुटको समयावधि सकिएपछि ल्याइएका कारण त्रिपाल भन्सारमै थन्किएको बताउनुभयो ।

लामो समयसम्म थन्किएका कारण अब त्रिपालको विषयमा कानुनी प्रक्रियामा जाने विषयमा भन्सार विभागसँग छलफल गर्ने उहाँको भनाइ छ ।


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया