कैलालीमा बेवारिसे शव भेटियाे, हत्या भएकाे हुनसक्ने प्रहरीकाे आशंका

 चैत २, २०७५ शनिबार १८:११:४५ | निर्मला खडायत
unn.prixa.net

कैलाली - कैलालीको गोदावरी नगरपालिका– ४ पूर्व पश्चिम महेन्द्र राजमार्ग छेउकाे खैराना पुल नजिक एक युवकको शव फेला परेको छ ।

क्षतविक्षत अवस्थामा भेटिएको शवको परिचय खुलेको छैन । अन्दाजी ३० देखि ३५ वर्ष उमेरका ती युवकको शव हेर्दा उनको हत्या भएको स्प्रष्ट देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले बताउनुभयाे । उनको टाउको मुख, र छातीमा ढुंगाले प्रहार गरेर गहिरो चोट लागेको छ ।

हत्यामा संलग्नको खोजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ। 

अन्तिम अपडेट: चैत ११, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया