गुल्मीको इस्मामा डढेलोमा परेर दुई जना घाइते, १५ वटा घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
टेक्सासको ह्युस्टनमा एक महिलाले ६ बच्चालाई एकसाथ जन्म दिएकी छिन् । न्युज एजेन्सी भाषाका अनुसार विश्वभरि ४ दशमलव ७ अर्ब डेलिभरीमा यस्तो घटना एकपटक मात्र हुन्छ ।
यी महिलाले अमेरिकाको ‘द विमिन्स हस्पिटल अफ टेक्सास’ मा ६ बच्चालाई जन्म दिएकी हुन् । अस्पतालले बताएअनुसार थेलमा चाइका नाम गरेकी ती महिलाले शुक्रबार बिहान ४ बजेर ५० मिनेट देखि ४ बजेर ५९ मनिेटको बीचमा ४ छोरा र २ छोरी गरी ६ बच्चालाई जन्म दिएकी थिइन् ।
अस्पतालको रिपोर्ट अनुसार सबै शिशुहरु स्वस्थ छन् र शिशुहरुको तौल ७ सय ९० ग्राम देखि १ दशमल ३ किलोसम्म छ । उनीहरुको अवस्था सामान्य रहेको र अहिले अस्पतालको सघन उपचार केन्द्रमा उनीहरुलाई राखिएको छ ।
थेलमाले आफ्नी छोरीहरुको नाम जीना र जुरियल राखिसकेकी छन् तर चार छोराहरुको नाम भने राख्न बाँकी नै छ ।
एकैपटक सात बच्चाकाे पनि जन्म भएकाे थियाे
केही समय पहिले इराकमा पनि एक महिलाले एकैपटक ७ बच्चा जन्माएकी थिइन् । त्यतिबेला उनको उमेर मात्र २५ वर्षको थियो । उनले एकैपटक ६ छोरी र एक छोरालाई जन्म दिएकी थिइन् ।
त्यतिबेला बच्चाका बुवा युसेफ फैदलले ठूलो परिवार त चाहेको थिएन तर अब १० बच्चाहरुको हेरचाह गर्नुपर्ने भयो भनेका थिए । तर एकैसाथ सात जीवित बच्चालाई जन्म दिएको पहिलाे घटना भने सन् १९९७ मा अमेरिकाको लोवा राज्यमा भएको थियो ।