प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
सोलुखुम्बु – नेपाल सरकारका उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलले कानुनको अभावले देशमा विकासले गति लिन नसकेको बताउनुभएको छ ।
सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका केन्द्रमा निर्माण हुने अस्पतालको शिलान्यास तथा अस्पताल निर्माणका लागि आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञको शनिबार उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले कानुन र आवश्यक संरचना नुहँदा चाहेर पनि सरकारले जनताले सोचे जस्तो काम गर्न नसकेको बताउनुभएको हो ।
कार्यक्रमा प्रमुख अतिथि मन्त्री पोखरेलले आवश्यक कानुन बनेपछि समृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउने बताउनुभयो । यसका लागि नेताले भाषण मात्र नगरी चारवटा क्षेत्रमा केन्द्रित भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अहिले बहुमतको सरकार भएकाले तत्काल जनताले चाहे जस्तो विकास नदेखिए पनि आफ्नो कार्यकालमा सोचेको भन्दा बढी विकास गरी जनताको मनमस्तिष्कमा बस्ने उहाँले दावीसमेत गर्नुभयो ।
प्रतिपक्ष दल नेपाली कांग्रेसलाई लक्षित गर्दै उहाँले नेकपाको एकता विकास र समृद्धिका लागि भएकाले अनावश्यक भ्रम नफैलाउन अनुरोध गर्नुभयो ।
नेकपा जस्तै अन्य पाटी र संगठनको समेत विचार मिल्ने भए पार्टी एकता गरेर अगाडि बढ्न उहाँले सुझावसमेत दिनुभयो ।
स्वास्थ्य, शिक्षा, यातायात लगायतको क्षेत्रमा सबै दल एक भएर लाग्नुको विकल्प नभएकोसमेत उहाँले प्रष्ट पार्नुभयो ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।