१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

 चैत २, २०७५ शनिबार २०:२८:४९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा बालिकालाई यौन दुर्व्यवहार गर्ने एक व्यक्ति शनिबार पक्राउ परेका छन् । 

सन्दकपुर गाउँपालिकाकी एउ६ी १२ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गर्ने भीमप्रसाद पाठकलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । 

५० वर्षीय पाठकले बालिकाको घरमा नै गएर बालिकालाई धम्क्याउदै दुर्व्यवहार गरेको बताइएको छ । उनले ‘मेरो घरमा हिँड्’ भन्दै समाएको र बालिका कराएपछि घर परिवारले थाहा पाएको पारिवारिक स्रोतले जनाएको छ । 

बालिकाकी आमा आइपुगेपछि मात्र पाठक आफ्नो घर हिँडेको बताइएको छ । पाठकलाई बालिका करणी अन्तरगत दुर्व्यवहार मुद्धा दायर गरेर अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी सहायक निरीक्षक चुडामणि पौडेलले बताउनु भयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया