लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट
बैशाख ८, २०८१ शनिबार
कैयौं महिनासम्म ब्याडमिन्टनको ट्रेनिङ लिएर पनि अभिनेत्री श्रद्धा कपूर भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिकबाट बाहिरिएकी छिन् ।
श्रद्धा कपूरको व्यस्तताका कारण यस फिल्मबाट बाहिरिनु परेको हो । श्रद्धा कपूरलाई अभिनेत्री परिणीति चोपडाले रिप्लेस गरेकी छिन् ।
अमोल गुप्तेको निर्देशन रहने यस फिल्मको छायांकनको काम गएको वर्ष नै सुरु भएको थियो । तर श्रद्धा कपूरलाई डेङ्गू भएपछि बीचैमा छायांकनको काम रोकिएको थियो । त्यसपछि यस फिल्मको छायांकनको काम सुरु हुन सकिरहेको थिएन ।
अहिले साइना नेहवालको बायोपिकका निर्माताहरुले श्रद्धा कपूरलाई हटाएर अभिनेत्री परिणीति चोपडाका साथ फिल्मको छायांकनको काम अगाडि बढाउने निर्णय गरेका छन ।
अभिनेत्री श्रद्धा कपूरले डेङ्गू रोग निको भएलगत्तै यस फिल्मलाई समय नदिएर निर्देशक रेमो डिसुजाको फिल्म ‘एबिसीडी ३’ साइन गरेकी थिइन् ।
यससँगै श्रद्धा यतिबेला एक्शन फिल्म ‘साहो’ को प्रमोशनमा पनि व्यस्त छिन् । बाहुबली स्टार प्रभाससँगको फिल्म ‘साहो’ २०१९ अगष्ट महिनामा रिलिज हुदैछ ।
यससँगै उनी अभिनेता टाइगर श्राफसँग फिल्म ‘बागी ३’ को छायांकन पनि सुरु गर्दैछिन् भने वरुण धवनसँगको डान्समा आधारित फिल्म ‘स्ट्रीट डान्सर थ्रीडी’ को छायांकनमासमेत व्यस्त छिन् ।