सिके राउतको गतिविधिलाई तत्काल नियन्त्रण गर्न राप्रपा (संयुक्त)का अध्यक्ष राणाकाे सरकारसँग माग

 चैत २, २०७५ शनिबार २०:५४:४८ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले सिके राउतको गतिविधिलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभएको छ । 

नेपालको राष्ट्यि अखण्डता स्वीकार गरी सरकारसंग गरेको संझौता विपरित राष्ट्यि अखण्डतालाई खलल पार्ने गरी अभिव्यक्ति दिंदै हिडको उहाँको ठम्याइ छ । 

राष्ट्यि प्रजातन्त्र पार्टी संयुक्तले कपिलवस्तुको तौलिहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष जबराले मुलुक विखण्डनको मुद्धा छाडेर राष्ट्रिय स्वाधिनता र अखण्डतालाई स्वीकार गरी गरेको सम्झौता विपरीतका गतिविधि गर्दै हिड्ने सिके राउत प्रतिको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा स्पष्ट गर्न पनि माग गर्नु भएको छ ।

विदेशीहरुको इशारामा देशलाई धर्म निरपेक्ष गराइएको उहाँले आरोप लगाउनु भयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया