प्रधानमन्त्री ओली आज मोरङ र सुनसरीमा, के–के कार्यक्रममा सहभागी हुँदैछन् ?

 चैत ३, २०७५ आइतबार १०:५५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन आज मोरङ र सुनसरी जानुहुने भएको छ ।

उहाँले दिउसो साढे १२ बजे विराटनगरमा नेकपाको प्रदेश नम्बर १ का सदस्यलाई सपथ ग्रहण गराउने कार्यक्रम छ भने त्यसअघि उहाँले साढे ११ बजे मोरङको कटारी गाउँपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्नुहुनेछ । 

प्रधानमन्त्री ओलीले दिउसो ३ बजे सुनसरीको बर्जु तालको निरीक्षण र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया