बलिउड अभिनेता मनोज बाजपेयी पद्मश्री पुरस्कारद्वारा सम्मानित

 चैत ३, २०७५ आइतबार १३:२२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको राष्ट्रिय पुरस्कार विजेता बलिउड अभिनेता मनोज बाजपेयीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको छ । 

मनोजलाई शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कार दिएका हुन् । पुरस्कार लिन मनोज बाजपेयी उनकी श्रीमती शबाना बाजपेयीका साथ उपस्थित भएका थिए । 

मनोज बाजपेयीले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका थिए । उनले आफ्नो ट्विटर अकाउन्टमा लेखेका छन्, ‘मेरा आफन्त, साथीभाई र फ्यानहरु यस पुरस्कारका लागि निकै खुशी छन् । यो राम्रो कुरा हो कि अहिलेसम्म सामाजिक सञ्जालमा मेरो कुनै पनि किसिमको आलोचना भएको छैन । र मेरो नाम पद्मश्री पुरस्कार विजेताको रुपमा घोषित भएपछि पनि कुनै विवाद सिर्जना भएन । म वास्तवमै खुशी छु र यो राम्रो कुरा पनि हो कि मलाई सम्मान दिइएकोमा कसैलाई पनि आपत्ति छैन ।’ 

पद्यश्रीभन्दा अघि मनोज बाजपेयीलाई भारतमा दुई पटकसम्म राष्ट्रिय पुरस्कारले सम्मानित गरिसकिएको छ । तर ६४औंं फिल्म फेयर अवार्ड्स २०१९ को लागि गत मंगलबार मनोनितहरुको घोषणा गएिको थियो । 

उक्त सूचीमा मनोज बाजपेयीको कनै पनि फिल्म परेका छैन । तसर्थ मनोज बाजपेयीले आफ्ना कुनै पनि फिल्म फिल्मफेयरको मनोनयनमा पनि पर्न नसकेपछि आपत्ति जनाएका थिए । गत बुधबार उनले ट्वीटर मार्फत ट्वीट गर्दै आपत्ति जनाएका थिए । 

उनले लेखेका छन्, ‘अब त बानी नै भइसकेको छ कि मेरो फिल्महरुलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा सराहना गरिन्छ । तर त्यही फिल्मलाई तथा कथित मुख्यधारका पुरस्कारको लिष्टमा एउटा नाम पनि दिइँदैन, पुरस्कारको त कुरै छाडौं । शोषण अहिले पनि जारी नै छ ।’ 

मनोज बाजपेयीको फिल्म ‘गली गुलियां’ लाई बुसान इन्टरनेशनल फिल्म फेस्टिभल, मायामी फिल्म फेष्टिभल, इण्डियन फिल्म फेस्टिभल अफ लस एजलस, एटलान्टा फिल्म फेस्टिभल, ४२औं फिल्म फेस्टिभल अफ मेलबर्नमा देखाइएको थियो । 

यस फिल्मले धेरै प्रशंशा तथा बटुल्न सफल भएको थियो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया