सञ्चार माध्यमले पक्षपात गरे: नायिका वर्षा सिवाकोटी

 चैत ३, २०७५ आइतबार १५:५८:२२ | मनोज दाहाल
unn.prixa.net

काठमाण्डाै - अभिनेत्री वर्षा शिवाकोटीले हालै सञ्चार माध्यममाथि आक्रोश पोखेकी छिन् ।

उनले, आफूमाथि सञ्चारमाध्यमले पक्षपात गरेको भन्दै दुखेसो व्यक्त गरेकी हुन् । अभिनेत्री शिवाकोटी अभिनित चलचित्र पुरानो बुलेट यसै साता प्रदर्शनमा आएको छ । आफ्नो चलचित्र प्रदर्शनमा आउँदा सञ्चारमाध्यमले साथ नदिएको उनको गुनासो छ । 

उनले, आफू सञ्चारकर्र्मीहरुसँग भेटेको बेला बोलिरहेको भन्दै अरु के गर्नुपर्ने हो भनेर समेत प्रश्न तेस्र्याएकी छिन् । अभिनेत्री शिवाकोटीले सञ्चारमाध्यमले कुनै कलाकारलाई च्याप्ने र कसैलाई फ्याँक्ने गरेको आरोप समेत लगाएकी छन् ।

उनले, कसैको यता फर्किए पनि समाचार, उता फर्किए पनि समाचार आएको भन्दै राम्रो चलचित्र निर्माण हँुदा पनि दर्शकको साथ पाउन नसकेको गुनासो गरेकी छन् । 

उनले आफ्नो फेसबुकमा एउटा स्टाटस लेग्दै आफूलाई कसैले साथ नदिएको बताएकी छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया