बन्द रहेकाे पूर्व पश्चिम राजमार्गकाे तीनताप्के खण्ड सहमतिपछि खुल्याे

 चैत ३, २०७५ आइतबार २०:३०:४५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - जीर्ण सडक मर्मतमा चासो नदिएको र भएको सहमति कार्यन्व्यन नभएको भन्दै पूर्व पश्चिम राजमार्गको हेटौंडा उपमहागरपालिका वडा नं ३ र १९ को सीमानामा पर्ने  तीनताप्केमा स्थानीयहरुले अवरुद्ध पारेको सडक सहमति पछि खुलेको छ ।

आइतबार पनि दैनिक पानी हाल्ने र चैत १० गतेबाट सडक बनाउने काम सुरु गर्ने सहमतिपछि अवरुद्ध सडक सञ्चालनमा आएको हाे  । अवरुद्ध राजमार्ग खुलाउन प्रहरीले लाठीचार्ज गर्नु परेको थियो ।

पुस २८ गते पनि लेवटमा रहेकाे राजमार्गमा १ सय मिटर क्षेत्रमा कालोपत्रे नहुँदा दुर्घटनाको जोखिम बढेको र धुलोले जनजीवन प्रभावित भएको भन्दै स्थानीयले २ घण्टा सडक अवरुद्ध गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सागर रानाको टोली, सडक कार्यालयका इन्जिनियर विजय दराई र स्थानीयबीच १५ दिनसम्म सो क्षेत्रमा पानी हाल्ने र १५ दिनपछि कालोपत्रे शुरू गर्ने सहमतिपछि बन्द सडक फेरि सञ्चालन भएको थियो।
 

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया