महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण : प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
उदयपुर – उदयपुरको तीन छुट्टाछुट्टै ठाँउमा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार जिल्लाको ताप्ली गाउँपालिका –५, रौतामाई गाउँपालिका –२ र बेलका नगरपालिका –५ मा आगालागी भएको हो ।
ताप्ली गाउँपालिका –५ मा शारदकुमार भुजेलको घरमा आगलागी हुँदा ८२ हजार नगद र चाँदी १० तोलासहित घर पूर्ण रुपमा जल्दा १४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिनुभयो ।
यसैगरी रौतामाई गाउँपालिका–२ जोगिडाँडाका मिन्द्रमाया जोगीको घरमा सोलार लाइन सर्ट भई आगलागी भएको थियो । आगलागीमा काठको २ तले घर, घरमा पालेको ३० वटा परेवा, कुखुरा, तीन लाख रुपैयाँ र घरभित्र रहेको अन्नपात लत्ताकपडा, काठपात जलेर सात लाख बराबरको क्षति भएको एसपी राईले बताउनुभयो ।
यसैगरी बेलका नगरपालिका ५ का भक्तबहादुर विष्टको काठे घरमा पनि विद्युत सर्ट भएर आगोलागी भएको आगोमा परी काठको २ तले घर, ग्वाली जल्दा दुई लाख क्षति भएको छ ।