मलेसियाको पर्यटन मेलामा नेपाल झल्कियो, नेपाली स्टलमा खचाखच आगन्तुक

 चैत ४, २०७५ सोमबार ११:५१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियाको राजधानी क्वालालम्पुरमा भएको ‘मलेसिया एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेण्ट’ माट्टा पर्यटन मेलामा नेपालले सफल सहभागिता जनाएको छ ।

मार्च १५ देखि १७ सम्म भएको माट्टा पर्यटन मेलाको नयाँ संस्करणमा नेपाल पर्यटन बोर्डसहित ८ वटा निजि क्षेत्रका पर्यटन व्यवसायीहरुको सहभागिता थियो । 

नेपाल भ्रमण वर्षको सन्देश लाइफटाइम एक्सपेरियन्सेसको भावमा नेपाली स्टल सजाइएको थियो । नेपाली स्टल परम्परा र आधुनिकताको समिश्रणको रुपमा निर्माण गरिएको हुँदा मेला कै आकर्षणको रुपमा रहेको थियो र आगन्तुकले भरिभराउ देखिन्थ्यो । 

स्टलमा आउने आगन्तुकले आउँदो सत्रमा नेपाल भ्रमण गर्दा हेर्न छुटाउन नहुने ठाउँहरु, विशिष्टताका क्षेत्रहरु साथसाथै पदयात्रा क्षेत्र, भिसा, पहुँच, हलाल खानाको उपलब्धता विषयमा जानकारी लिएका थिए । 

निजी क्षेत्रका सहभागीहरूले सिधै ग्राहकमा पुग्ने यस्तो मेला प्रभावकारी रहेको जनाएका छन् । काठमाण्डौ र क्वालालम्पुरबीच नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मलेसिया एयरलाइन्स, र मालिन्दो  एयरले उडान भरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया