‘जात्रै जात्रा’को ‘माया पिरिम’

 चैत ४, २०७५ सोमबार १२:२७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वि‍.सं. २०७६ सालको जेष्ठ ३ गतेबाट प्रदर्शनमा आउने पक्का भएको चलचित्र ‘जात्रै जात्रा’मा समावेश पहिलो गीत रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरिएका हो ।

गीतम निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । लेखु सहयात्रीको शव्द रहेको गीतको संगीत भने कृष्ण भारद्वाजले गरेका हुन् ।

गीतको भिडियोमा निर्देशक तथा अभिनेता निश्चल बस्नेतका साथमा अभिनेत्रीद्वय करिश्मा मानन्धर र सारा शिर्पालीले जोडदार नृत्य गरेका छन् ।  गीतमा बिहेको परिवेश प्रस्तुत गर्न खोजिएको छ । गीतमा चलचित्रका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा र रवीन्द्र सिंह बानियाँलाई पनि देखाइएको छ । 

 

भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । चलचित्र ‘जात्रै जात्रा’लाई निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रको कथा समेत निर्देशक भट्टराईले नै लेखेका हुन् ।

यस अघि निर्देशक भट्टराईले महसञ्चारले निर्माण गरेको चलचित्र सत्रुगते निर्देशन गरेका थिए । उनले चलचित्र जात्राबाट चलचित्र निर्देशनमा डेब्यू गरेका थिए । 

यस अघि निर्देशन गरेका दुबै चलचित्रलाई दर्शकले अपेक्षाकृत साथ दिएका कारण निर्देशक भट्टराई उत्साहित देखिएका छन् । दर्शकले उनको तेस्रो चलचित्रलाई पनि उत्तिकै साथ दिने निर्देशक भट्टराईको विश्वास छ । चलचित्र ‘जात्रै जात्रा’को निर्माण सिंगे लामा र योगेश्वर पौडेलले संयुक्त रुपमा गरेका हुन् । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया