डोटीमा अवैध रुपमा राखिएका हतियार बुझाउन प्रशासनकाे आग्रह

 चैत ४, २०७५ सोमबार १२:४४:२ | विमल बिष्ट
unn.prixa.net

ताप्लेजुङबाट केही दिनअघि प्रशासनले संकलन गरेकाे हतियार

डोटी – डोटीमा स्थानीय नागरिकले अवैध रुपमा राखेका हातहतियार बुझाउन जिल्ला प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले हतियार बुझाउन गरेको आग्रहलाई अटेर गरी नबुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा चलाउने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । 

कानुनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको भए तत्काले जिल्ला प्रशासनमा बुझाउन आग्रह गरिएको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अवैध रुपमा राखिएका हतियार बुझाउन आग्रह गरेका छौँ, नबुझाए कानुनबमोजिम कारबाही हुने छ ।’ अवैध रुपमा राखिएका हातहतियारहरु नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा बुझाउन जिल्ला प्रशासनले आग्रह गरेको हो । 

नेपाल सरकारको फागुन २८ गते निर्णयानुसार ३५ दिनभित्र अवैध रुपमा राखिएका हातहतियार बुझाए बुझाउनेलाई कुनै कारबाही नहुने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया