भारतमा हातखुट्टा गुमाएका बुद्धिमानलाई खाडीबाट सहयोग

 चैत ४, २०७५ सोमबार १७:३७:२४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – भारतको शिम्लामा मजदुरी गर्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएका बाँकेको बैजनाथ गाउँपालिका ८ का बुद्धिमान कुँवरलाई कृतिम हात र खुट्टा जोड्नका लागि हालसम्म झण्डै ५५ लाख रुपैयाँ सहयोग संकलन भएको  छ ।

दुवै हात र खुट्टा कृतिम जोड्नका लागि झण्डै एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएपछि उहाँका शुभचिन्तकहरु यतिबेला सहयोग संकलनमा जुटेका छन् ।  

बाँके सेवा समाज कतारले पठाएको एक लाख २० हजार १०१ रुपैयाँ सोमबार नेकपा बाँकेका नेता रत्न खत्रीले कुँवरलाई हस्तान्तरण गर्नुभएको छ ।

नेकपा नेता खत्रीको पहलमा समाजका अध्यक्ष राजकुमार खत्री, महासचिव दिपक चन्द, सचिव रोशन विक, प्रमुख सल्लाहकार दुर्गा खड्का, आजीवन सदस्य नवराज शाहीलगायतले कतारबाट सहयोग संकलन गरी पठाएको रुपैयाँ कुँवरलाई हस्तान्तरण गरेको नेता खत्रीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया