बढी शुल्क असुल्ने मेडिकल कलेजलाई तत्काल कारबाही गर : विवेकशील साझा

 चैत ४, २०७५ सोमबार १८:२७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  विवेकशील साझा पार्टीले बढी शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाही गर्न माग गरेकाे छ ।

साेमबार पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै मेडिकल कलेज र शैक्षिक संस्थाहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहर प्रति आफ्नाे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएकाे छ ।

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यावसायीकरणको नीतिले गर्दा  अभिभावक र विद्यार्थीहरु मारमा परेकाे तर त्यस्ता कलेजहरुलाई कारबाही गर्नेतर्फ सरकारको उदासीनता संशयपूर्ण रहेका भन्दै पार्टीले आपत्ति जनाएकाे छ ।

विज्ञप्तिमा  विद्यार्थी र अभिवावकलाई मर्का पर्न गएकोमा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा याे शुल्क फिर्ता गर्नुपर्ने माग गरिएकाे छ ।

यस्तै तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाहरुको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्नुपर्ने विज्ञप्तिमा बताइएकाे छ ।

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवामा राज्यको दायित्व र नागरिकको सहज, न्यायोचित पहुँच सुनिश्चितिताका लागि आवश्यक कानुनी व्यवस्था हुनु पर्ने पार्टीले माग गरेकाे छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया