एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण पदक विजेता अजितलाई प्रदेश सरकारले पाँच लाख दिने

 चैत ४, २०७५ सोमबार १८:३४:२५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेको सप्तरी निवासी अजित यादवलाई प्रदेश दुई सरकारले पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ । 

मन्त्रिपरिषदको आज सम्पन्न बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर नेपालको साथै प्रदेश नं.२ को नामसमेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहनस्वरुप पाँच लाख नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । 

एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

हङकङमा आइतबार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३००० तीन हजार मिटर दौडमा आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै सप्तरी जिल्ला निवासी अजित कुमार यादवले नेपाललाई युथ एसियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन ।

अजित यादव यस प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडीसमेत बनेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया