नयाँ वर्षका अवसरमा यामाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर !

 चैत ४, २०७५ सोमबार १९:२७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज प्रा.लि.ले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । 

‘ह्याप्पी न्यू यामाहा’ नाम दिएको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सुक्का जित्ने मौका पाउनेछन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्डमा एक लाखसम्मको  नगद छुटको व्यवस्था गरिएको छ ।  

‘नयाँ वर्ष योजनाले नयाँ वर्षको उल्लासलाई झन् बढाउने आशा हामीले गरेका छौँ । यो योजनामा ग्राहकले नगद छुट र सुनको सिक्का जित्ने मौका पाउनुहुनेछ । यो डबल बोनान्जा अफर हो’, एमएडब्ल्यू इन्टरप्राइजेज, यामाहा डिभिजनका सीईओ चिरञ्जीवी शाहले भन्नुभयो, ‘हामी हाम्रा ग्राहकलाई विश्वस्त पार्न चाहन्छौँ कि यो यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने सबैभन्दा उत्तम समय हो ।’

नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लकी ड्र गरिनेछ जसको विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्न सक्नेछन् । यामाहाले नयाँ वर्ष अफरमा सात सय जना आफ्ना भाग्यशाली ग्राहकलाई सुनको सिक्का दिनेछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Manoj Basnet

    March 19, 2019, 3:06 p.m.

    what about finance offer

  •  0 Reply

तपाईको प्रतिक्रिया