चितवनमा ट्रक खोलामा खस्यो, एकजनाको मृत्यु

 चैत ५, २०७५ मंगलबार ९:७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनमा ट्रक खोलामा खस्दा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

मंगलबार बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा मुग्लिनबाट नारायणगढको लागि छुटेको ना ६ ख १४३ नम्बरको ट्रक ठाडो खोलामा खस्दा एकजनाको ज्यान गएको हो । 

ज्यान गुमाएका पुरुषको पहिचान नभएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते २ महिला र २ पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया