निर्मला हत्याकाण्डः डिल्लीराज विष्ट अदालतमा उपस्थित

 चैत ५, २०७५ मंगलबार १३:११:५२ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा फरार रहेका बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् । 

अदालतको ३५ दिने सूचना जारी भएका बेला विष्ट मंगलबार निवेदनसहित अदालतमा उपस्थित भएका हुन् । अदालतको फरार सूचीमा रहेका दुई जनामध्ये  विष्ट मंगलबार निवेदन हित उपस्थित भएको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो । 

उहाँले विष्टको केही बेरमा बयान हुने र समय पुगे मंगलबार नै थुनचेक बहस हुने बताउनुभयो । अवस्थीका अनुसार विष्टसँगै फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसी भने सम्पर्कमा आएका छैनन् । 

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलिपसिंंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गएको पुस ३ गते उजुरी दिनुभएको थियो ।

मुद्दाका अन्य प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का र जगदिशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंंह धामी र रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया