होली खेल्दा गुणस्तरीय रङ र स्वच्छ पानी मात्र प्रयोग गर्न डाक्टरहरुकाे सुझाव

 चैत ५, २०७५ मंगलबार १४:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - होली खेल्दा गुणस्तरीय रङ र स्वच्छ पानी मात्र प्रयोग गर्न डाक्टरहरुले सुझाव दिएका छन् ।

रमाइलोका नाममा गुणस्तरहीन रंग प्रयोग गर्दा छाला र आँखामा समस्या देखिने भएकाले ध्यान दिन डाक्टरले सुझाव दिएका हुन् । रंगमा मिसिएको लिड अर्थात सिसाले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर गर्ने डाक्टर शम्भुदत्त जोशीले बताउनुभयो ।

होली खेल्दा उज्यालो  रंगको, पूरा बाउला भएका लुगा लगाउनु र आँखा लेन्सको साटो चस्मा नै लगाउनु राम्रो हुने उहाँले बताउनुभयो । अनुहार र छालामा सन ब्लक क्रिम र जैतुन वा नरिवलको तेल दुई तीन घण्टा लगाए रंगको असरबाट जोगिन सकिन्छ ।

रंगका कारण छाला फुस्रो हुने, चिलाउने, डाबर आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिने डाक्टर जोशीले बताउनुभयो । यस वर्ष पहाडमा बुधबार र तराईमा बिहीबार होली पर्व मनाइँदैछ ।

होलीको बहानामा हुने अमर्यादित र अवान्छनीय गतिविधि रोक्न जनचेतनामूलक कार्यक्रम गरिरहेको नेपाल प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया